काठमाडौं- बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन् । शाहले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए। प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। यद्यपी शाहले बलात्कार आरोपबाट सफाइ पाए पनि बाल यौन दुराचारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र नाबालिग गायिकालाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ । शाहले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए।
पलशाहले सफाइ पाएकै दिन राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी पर्यो । जाहेरी परे लगत्तै सामाजिक संजाल तातिरहेको छ ।
के छ जाहेरीमा ?
‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडाैं र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको हो ।’
अधिकांश मिडियाहरुमा सन्दिपको हेडलाई बनिरहेको छ । उनले अहिले सम्म आफनो सामाजिक संजालमा केही पनि प्रतिक्रिया दिएका छैनन । सबै मिडियाहरुमा आएका समाचार एकतर्फी मात्रै हुन् । सामाजिक संजालमा सन्दिपको पक्ष र विपक्षमा बोल्नेको होडबाजी चलिरहेको छ । यदि सन्दिपले गल्ति नै गरेको हो भने पनि न्याय छ कानुन छ यसरी सामाजिक सजाल तताएर फाईदा के छ? यदि सन्दिप निर्दोष ठहरीयो भने उसको चरित्रमा दाग लागेको र उसको परिवारलाई पर्ने गएको चोटको कसले जिम्मा लिन्छ ? भलै मान्छे सद्भावले नै प्रतिकृयावादी हो तर सञ्जाल हेर्ने हो भने अध्ययन, अनुसन्धान, तथ्य र विश्लेषण बिनै हरेक मान्छे हरेक कुरामा प्रतिक्रिया दिन चाहन्छ । त्यो प्रतिक्रियाले अरुलाई कतिको असर पार्छ भन्ने हेक्का पनि नराखी सामाजिक संजालमा आक्रोश पोखिरहेका छन् । दोषीले सजाए अनि निर्दोषले न्याय पाउनै पर्छ यसमा कुनै दुई मत छैन् । तर अनुसन्धान हुनु अगावै पुरुषको हकमा भने केही गोपनियता नै नराखी सामाजिक संजाल तताउनु कतिको ठिक होला ? अनुसन्धान गरेर दोषी ठहरिएमा कानुन अनुशार सजाय पाउनुपर्छ । तर एकपक्षको कुरा सुनेको भरमा निर्णय गर्न हतार भने पक्कै हतार गर्नु हुँदैन ।
अनुसन्धान
‘प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् । भदौ ६ गते रात अन्दाजी १२ः २५ बजेसम्म पटक पटक बलात्कार गरेको उनले उजुरीमा जनाएकी छन् । अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो पिडितको मात्र बयान हो सन्दिपको बयान बाकीँ छ, र अनुसन्धान जारी छ।