×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

आज टीकाको चौथो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं - आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ ।

नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो ।
 

प्रतिकृया दिनुहोस्