×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर

नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं - नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकहरूको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले द्विपक्षीय श्रम सम्झौता भएको छ। आइतबार साउदी अरबको राजधानी रियादमा आयोजित एक विशेष समारोहमा दुई देशबीच यो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रमअघि दुवै देशका मन्त्रीहरूबीच भएको द्विपक्षीय भेटवार्तामा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल र साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले नेपाली श्रमिकहरूको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित र लागत-प्रभावी बनाउन यो सम्झौता एक महत्वपूर्ण ऐतिहासिक दस्तावेज हुने बताए।

यस सम्झौताले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहितको रक्षा गर्नुका साथै उनीहरूको रोजगारीको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्