×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

एजेन्सी - युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।

गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो । रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो ।
रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित भएको अवस्थामा दुवै गोल दोस्रो हाफमा भएका थिए ।


रियल मड्रिडकाकार्भाजालले ७४ औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसको ९ मिनेटपछि ८३औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

डर्टमुण्ड सन् १९९७ मा पहिलो पटक च्याम्पियन बनेको डर्टमुण्ड उपाधि दोहो¥याउने अवसरबार वञ्चित भएको छ । यसअघि सन् २०१३ मा पनि डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो तर बायर्न म्युनिखसँग पराजित हुन पुगेको थियो ।

प्रतिकृया दिनुहोस्