काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल थालेका छन् । प्रधान न्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरू अनिलकुमार सिन्हा‚ सपना मल्ल प्रधान र डा. मनोज शर्मा प्रधान न्यायाधीश जबराको चेम्बरमा छिरेका छन् ।
प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराले अमर्यादित गतिविधि गरेको भन्दै उनको राजीनामा माग गर्दै सर्वोच्चकै न्यायाधीश र कानून व्यवसायीले अदालतमा आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनका कारण सर्वोच्च अदालतको सुनुवाइ प्रभावित हुँदै आएको छ ।