×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसममा क्रमिक सुधार, भोलि घाम लाग्ने

मौसममा क्रमिक सुधार, भोलि घाम लाग्ने

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ । आज पनि देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । 

अपराह्नपछि उपत्यकासहित देशका अधिकांश क्षेत्रको मौसममा सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार पश्चिमबाट प्रवेश गरेको न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्दै गएको छ । ‘पश्चिम नेपालमा क्रमशः मौसममा सुधार हुँदै गएको छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘अपराह्नबाट देशभर मौसममा सुधार हुँदै जानेछ ।’

राती पनि वर्षाको सम्भावना छैन । भोलि देशभरको मौसम खुलेर घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । १ पुसयता मात्रै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको आठौँपटक हो । हिउँदे झरी परेको भने पाँचौँपटक हो । यसपटकको पश्चिमी न्यूनचापीय प्रणालीले पाकिस्तान र दिल्लीमा पनि असर पारेको छ ।

हेर्नुहोस् र भोलि र पर्सिको पूर्वानुमान :-

भोलि, दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार, दिउँसो : प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका मध्य तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राती : प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । देशका पूर्वी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

 

 

प्रतिकृया दिनुहोस्