×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मतदान गर्न जाँदै गर्दा प्रदेशसभा सदस्य दुर्घटनामा

मतदान गर्न जाँदै गर्दा प्रदेशसभा सदस्य दुर्घटनामा

काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य चढेको स्कारपिओ दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत धानखोला र भालुबांगको बिचमा प्रदेशसभा सदस्य तुलसी चौधरी चढेको स्कारपिओ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालकाअनुसार दुर्घटनामा परी सदस्य चौधरी घाइते भएका छन् । रुपन्देहीका एमाले चौधरी राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै थिए ।

चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा प्रदेशसभा सदस्य चौधरीको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्