×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २४१ जनामा कोरोना संक्रमण‚ २२८ संक्रमणमुक्त

थप २४१ जनामा कोरोना संक्रमण‚ २२८ संक्रमणमुक्त

काठमाडौँ- नेपालमा बिहीबार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय १४ पीसीआर परीक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै २ सय २८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ८ सय ७१ सक्रिय संक्रमित आइसोलेसन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्