×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘जुठे’ सिरियल प्रशारणको १०० भाग पूरा

‘जुठे’ सिरियल प्रशारणको १०० भाग पूरा

सामाजिक कथामा आधारित रहेर निर्माण हुँदै आएको टेलिभिजन सिरियल ‘जुठे’ प्रशारणको १ सय भाग पूरा भएको छ । 

हरेक बुधवार हिमालय टेलिभिजनसहित युट्युबमा मास्टर टीभीबाट प्रशारण हुँदै आएको सिरियलमा मरिचमान र राजुसँगै रवी गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा, श्री प्रसाद थापा, यूनिशा ढुंगाना लगायतको अभिनय रहँदै आएको छ । 

यो सिरियललाई मरिचमान श्रेष्ठ र राजु पौडेलले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् । 

निर्माण टिमले बुधवार वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको उपस्थितिमा १ सय औं भाग सेलिब्रेसन कार्यक्रम आयोजना गरेको छ । 

प्रतिकृया दिनुहोस्