काठमाडाैँ- द भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बु र सोही सिजनको नकआउटबाट बाहिरीएकी विमोचना लम्जेलले नयाँ वर्षको अवसर पारेर ‘माया भन्ने कुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतको शब्द क्षितिज काफ्ले र सौगात बानियाँले लेखेका छन् भने गीतको एरेन्ज जोनी योञ्जन तामाङकाे छ ।
कोशी किनारमा छायांकन गरिएको भिडियोमा गायक-गायिका स्वयम् फिचर्ड छन् । भिडियोलाई विश्वास राईले खिचेका हुन् ।