काठमाडौं - नेवारी भाषालाई अपमानजनक तरिकाले कमेडी गरेको आरोप लागेका स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंहले हिरासतबाट निस्केपछि मुख खोलेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिएका छन् ।
आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको जानकारी दिँदै अपूर्वले आफूले भन्नुपर्ने कुरा धेरै भए पनि अहिले भन्न नसक्ने उल्लेख गरेका छन् ।
उनी लेख्छन्, ‘तपाईँहरूले जे देख्नुभयो, त्यो १० प्रतिशत मात्र हो । तर, अहिले बोल्न ठिक समय छैन । एक दिन अवश्य बोल्नेछु ।’
आफू विरुद्ध लगाइएका ५ मुद्दा अहिले पनि पेन्डिङ रहेको उनको भनाइ छ ।
‘एउटा विनम्र अनुरोध गर्न चाहन्छु, जब तपाईँहरूले मलाई भेट्नुहुन्छ, कृपया सामान्य व्यवहार गर्नुहोला,’ उनले लेखेका छन् ।