×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

२२० संक्रमित थपिँदा २६३ कोरोनामुक्त

२२० संक्रमित थपिँदा २६३ कोरोनामुक्त

काठमाडौं- नेपालमा सोमबार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २५ पीसीआर परीक्षणका क्रममा २ सय १८ जना र १ हजार ४ सय १६ एन्टीजेन परीक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ९ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार १ सय ५५ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय २५ सक्रिय संक्रमित आइशोलेशन र ९४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्