×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ११५८ मा कोरोना संक्रमण , १२ को मृत्यु

थप ११५८ मा कोरोना संक्रमण , १२ को मृत्यु

काठमाडौँ- मंगलबार देशभर ११५८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ जनाको कोभिड परीक्षण गरेको थियो । पीसीआर ९०४ र एन्टीजेन्ट विधिबाट २५४ जनामा कोभिड पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भइसकेका छन् । १२ जनाको मृत्यु र हालसम्म ११ हजार ११५ जनाको मृत्यु भइसकेको छ । देशभर १८ हजार ४२२ सक्रिय संक्रमित छन् ।

आईसीयूमा ३६४ र भेन्टीलेटरमा १२० जना उपचाररत छन् । होम आईसोलेसनमा १७ हजार १२५, संस्थागत आईसोलेशनमा १२९७ र क्‍वारेन्टाइनमा ३२८ जना छन् ।

प्रतिकृया दिनुहोस्