×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युक्रेनमा आक्रमण कटौती गर्ने रुसी घोषणा

युक्रेनमा आक्रमण कटौती गर्ने रुसी घोषणा

काठमाडाैँ- टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने बताएको छ । रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताएका छन् । यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताएका छन् तर त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किएभले विश्वास गर्नेमा जोड दिएका छन् ।

पश्चिमा नेताहरूले पनि रुसको प्रतिबद्धताहरूमाथि शङ्का व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाले उ मस्को गम्भीर छ भन्ने कुरामा अझै विश्वस्त हुन बाँकी नै रहेको बताएको छ भने ब्रिटेनले रुसलाई उसको बोलीको आधारमा नभई कामको आधारमा मूल्याङ्कन गरिने बताएको छ ।

तर राष्ट्रपति जेलेन्स्कीले भने अवस्था सहज भएको छैन र युक्रेनको सेनाले उसको प्रतिरक्षात्मक कदमहरूलाई खुकुलो नपार्ने बताएका छन् । किएभमा रहेका बीबीसीका जेरमी बावेन भन्छन् त्यहाँ रुसी आक्रमण पहिले नै सुस्त भैसकेको थियो । -बीबीसी

प्रतिकृया दिनुहोस्