×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महन्थले गरे उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन

महन्थले गरे उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन

पछिल्लो समय दुई कित्तामा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको दोहोरी चलेपछि फेरि एकले अर्कालाई निस्कासन गर्ने होड चलेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको केही बेरमै ठाकुर पक्षले पनि यादव सहितका नेताहरुलाई निस्कासन गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको बैठकले उक्त निर्णय गरेको बुझिएको छ । यादव सहित अरु कसकसलाई निस्कासन गरियो, त्यो भने केही खुलाइएको छैन । यस प्रकरण सँगै अब भने जसपा फुट्ने पक्का भएको छ ।

 

प्रतिकृया दिनुहोस्