×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १०,२५८ जनामा कोरोना संक्रमण पुष्टि

थप १०,२५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनामा गरिएको कोरोना परीक्षणमा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

यस्तै नेपालमा हालसम्म ९ लाख ७२ हजार १९८ जनामा कोरोना संक्रमण भएका छ । नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना निको भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्