काठमाडौं- नवनिर्वाचित सांसदहरुको सपथग्रहणपछि मात्र नेकपा माओवादी केन्द्र सरकार गठनलगायतका प्रक्रियामा सक्रिय हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (आइतबार) बसेको पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिले सांसदहरुको सपथग्रहण हुनुपर्ने निष्कर्ष पार्टीको रहेको बताए ।
यस्तै, अर्थमन्त्रीसमेत रहेका पार्टी उपमहासचिव जनार्दन शर्माले सरकारको नेतृत्वमा माओवादीको दाबी रहने बताए । माओवादीको पदाधिकारी बैठक अनौपचारिक रुपमा मात्र भएको भन्दै उनले पहिले सपथग्रहण हुनुपर्ने पार्टीको निर्णय रहेको सुनाए ।