×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रामचन्द्र पौडेलको आरोप : राष्ट्रपति र ओली मिलेर संविधानमाथि आक्रमण गरे

रामचन्द्र पौडेलको आरोप : राष्ट्रपति र ओली मिलेर संविधानमाथि आक्रमण गरे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मिलेर संविधानमाथि प्रहार गरेको आरोप लगाएका छन् । 

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको छ । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवारलाई जिताउनुहोला,’ पौडेलले भने । 

साथै, उनले कांग्रेस, माओवादी, समाजवादी नभनी गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरे । नेता पौडेलले राजनीतिक क्रान्तिसँगै नयाँ आर्थिक क्रान्ति गर्नु सबै नेपालीको कर्तव्य भएको पनि बताए ।  

 

प्रतिकृया दिनुहोस्