×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्रक र बस ठोक्किदा दुईको मृत्यु

ट्रक र बस ठोक्किदा दुईको मृत्यु

हेटौडा- ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्