×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ

लागूपदार्थ सेवन गरी सवारी चलाउने चार चालक पक्राउ

काठमाडौं-  लागूपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालक पक्राउ परेका छन्।

काठमाडौंको थानकोटमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन गरी विद्यार्थी बोकेको बस चलाउने सहित ४ जनालाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा आएका ‍सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले  २० वटा सवारी साधन चेक गरेको थियो।

प्रतिकृया दिनुहोस्