×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ- मङ्गलवार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।  त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस्