×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन-चाँदीको मूल्य घट्यो

सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं- मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १५० रुपैयाँ प्रतितोला तेकिएको छ ।

आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने स्थिर थियो । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ८०० र तेजावी सुन ९१ हजार ३०० रूपैयाँ तोकिएको थियो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्