×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा

त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं- कार्तिकको १ गते बुधवारदेखि शुरु हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।  

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । 

पौडल कप्तान रहेको नेपाली टिममा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, प्रतिस जिसी, ललित नारायाण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र मौसम ढकाल रहेका छन् ।

हङकङ र यूएईलाई समावेश गरेर नेपालले काठमाडौंमा त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गर्दैछ ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप सिरिज आयोजना हुन लागेको हो । लिग चरणका खेल मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि खेल मैदानमा हुने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस्