×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चर्को बैंक ब्याज घटाउन मोरङ व्यापार संघको माग

चर्को बैंक ब्याज घटाउन मोरङ व्यापार संघको माग

काठमाडौँ- मोरङ व्यापार संघले चैत महिनामा बैंकको ब्याजदर घटाउनु पर्ने माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ। आइतबार मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री शर्मा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई विराटनगरमा भेट गरी ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै निवर्तमान अध्यक्ष मून्दडाले मुलुकको आर्थिक मेरुदण्डीय निजी क्षेत्रका उद्योग/व्यवसायहरुले हाल बढ्दो ब्याजको मार खेप्नु परेको बताए।  पूँजी अभावको अवस्था सिर्जना भएबाट उद्योग/व्यवसाय धरासायी हुने सम्भावना बढ्न गई मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिम बढेको बताए ।

उनले हाल संस्थागत निक्षेपमा १० प्रतिशत सम्म व्याजदर कायम गरेकोले मार परेको भन्दै चैतमा अधिकतम् ६ प्रतिशत बैंक व्याजदर कायम गराउन अर्थमन्त्रीसँग आग्रह गरे। कार्यक्रममा निवर्तमान अध्यक्ष मून्दडासहित पूर्वअध्यक्ष महेश जाजू पूर्व अध्यक्ष पवन कुमार सारडा, उपाध्यक्ष (उद्योग) विकास कुमार बेगवानी, कार्यकारिणी सदस्यहरु दिपेश सुवेदी अमित सारडा पवन राठी देवाशिष गोल्छा, सुशील सुराना र गोपाल अग्रवालको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्