×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसियन कप छनोटका लागि यू-१७ टिमको घोषणा

एसियन कप छनोटका लागि यू-१७ टिमको घोषणा

काठमाडौँ- नेपाली यू-१७ प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले एसियन कप छनोट खेल्ने अन्तिम २३ सदस्यीय टिम घोषणा गरेका छन् । उनले साफमा पनि यू-१७ को टिमलाई प्रशिक्षण दिएका थिए ।

सोही टिमका केही खेलाडी परिवर्तन गरी उनले नयाँ टिम घोषणा गरेका हुन् । नेपाली यू-१७ टिम साफमा उपविजेता बन्दै भदौ ३० गते स्वदेश फर्किएको थियो । साफको टिममा रहेका प्रितम कार्की, मिरक लिङ्देन र सरोज धामीलाई प्रतिस्थापन गर्दै राम थापा, सरोज दलार्मी र श्रीयान्स मानन्धर पहिलो पटक टिममा परेका छन् ।

प्रशिक्षक श्रेष्ठले टिममा यस पटक फर्वाडमा जम्मा दुई खेलाडी राखेका छन् भने मिड फिल्डमा नौ जना राखेका छन् । टोली आइतबार प्रतियोगिता खेल्न भियतनाम प्रस्थान गर्नेछ ।

नेपाली टिममा गोलकिपर कृशल मोक्तान, समीर चन्द, रुविन बोगटी, डिफेन्डर अश्विन घोरासैनी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, सीमान्त थापा,  धिरज विश्वकर्मा, राम थापा, मिडफिल्डर प्रशान्त लक्सम, युनेस बुढाथोकी, सरोज दलार्मी, हरिसराज भट्ट, लछु थापा, विनोद केसी, श्रीयंस मानन्धर, नीरज कार्की, धन सिंह विक र फरवार्ड  सिजल राई, सुवास बम रहेका छन् । 

प्रतिकृया दिनुहोस्