×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

स्वास गन्हाउने समस्या छ ? छ भन्ने यसो गर्नुहोस्!

स्वास गन्हाउने समस्या छ ? छ भन्ने  यसो गर्नुहोस्!

काठमाडौँ -दाँत सफा नगर्ने बानीले स्वास गन्हाउने समस्या निम्त्याउँछ । सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराहरू खाँदा पनि स्वास गन्हाउने गर्छ । राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने गर्छ । यी समस्यालाई समाधान गर्ने तरिकाहरू थुप्रै छन् ।

नुन पानीले मुख कुल्ला गर्ने : १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्ने र त्यस पानीले मुख कुल्ला गर्ने । त्यसो गरेमा स्वासलाई दुर्ग्न्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ ।

सुत्नुभन्दा अगाडि दाँत माझ्ने : दाँतको सरसफाइमा उचित ध्यान दिनाले स्वास गनाउने समस्याको समाधान हुन्छ त्यसको साथ साथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ ।

सुत्ने बानीलाई सुधार्ने : राती सुत्दा घुर्नाले अथवा मुख खुल्ला गरेर सुतेमा गह्रौँ स्वास फेर्नु पर्ने हुन्छ, जसले गर्दा विहान स्वास गनाउन सक्छ । त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरुरी हुन्छ ।

दिनमा एकचोटि जीब्रो सफा गर्ने : बिहान उठ्दा स्वास गनाइराखेको छ भने जीब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ । यस्तो लेउमा स्वासलाई दुर्ग्न्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जीब्रोलाई हलुका सफा गर्ने बानी बसाउने ।

लसुन, प्याँज र पीरो खानेकुराहरू नखाने : सबैलाई थाहा भएकै कुरा हो कि, प्याँज खाएपछि कत्तिको सास गन्हाउँछ भनेर । हुन त प्याँज खानु स्वास्थ्यको लागि राम्रै कुरा हो, तर नराम्रो सासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ । नियमित रूपमा लसुन, प्याँज सेवन गर्ने मानिसहरूको सास मात्रै होइन, पुरै शरीरबाट नै दुर्गन्ध आउने गर्दछ।

प्रतिकृया दिनुहोस्