×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारत मा कोरोना संक्रमण बढ्दै

भारत मा  कोरोना संक्रमण बढ्दै

काठमाडौं । भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ ।   भारतमा एकै दिनमा ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।  
योसँगै हालसम्म संक्रमितको सङ्ख्या ४ करोड ४७ लाख ३९ हजार ५४ पुगेको छ । दैनिक संक्रमण दर ३.३२ प्रतिशत र साप्ताहिक दर २.८९ प्रतिशत रहेको छ । 

यसको १९५ दिन अघि गत वर्ष सेप्टेम्बर २३ मा देशमा दैनिक ५ हजार ३ सय ८३ जनामा ​​संक्रमण देखिएको थियो । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक तथ्यांक अनुसार कर्नाटक र महाराष्ट्रमा दुई-दुई र केरला र पन्जाबमा एक-एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

योसँगै भारतमा मृत्यु हुनेको सङ्ख्या ५ लाख ३० हजार ९२९ पुगेको छ । कोभिड-१९ बाट मृत्युदर १.१९ प्रतिशत रहेको छ ।

भारतमा हाल २५ हजार ५८७ जना कोरोना भाइरस संक्रमणको उपचार गराइरहेका छन् । जुन कुल संक्रमितको ०.६ प्रतिशत हो । 

बिरामीहरूको निको हुने दर ९८.७५ प्रतिशत रहेको छ । हालसम्म कुल ४ लाख ४१ लाख ८२ हजार ५३८ जना संक्रमणमुक्त भइसकेका छन् ।  

प्रतिकृया दिनुहोस्