×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै , सेतीले फेरि भन्यो– विशिष्टिकृत अस्पताल लैजाउ

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै , सेतीले फेरि भन्यो– विशिष्टिकृत अस्पताल लैजाउ

धनगढी- स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । ९ दिनदेखि अनशनमा रहेका उनको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको उनी उपचाररत सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कडा खालको अल्सरका कारण स्वास्थ्यमा थप जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिँदै अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान आग्रह गरेको छ । अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति जारी गर्दै थप जटिलता हुन सक्ने हुनाले डा. केसीको स्वास्थ्यबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको बताएका छन् ।

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार डा. केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ ।

प्रतिकृया दिनुहोस्