×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेविसंघ केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी

नेविसंघ केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर पार्टी कार्यालयमा नारावाजी

 काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर दुई पक्षले पार्टी कार्यालय सानेपामा नारावाजी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट पक्ष र संस्थापन पक्षबीच नारावाजी भएको हो । असन्तुष्ट पक्षले बुधबार पार्टी कार्यालय सानेपामा वृहत विद्यार्थी भेला तथा विधानसम्मत भन्दै केन्द्रीय कार्यसमिति घोषणा कार्यक्रम राखेको थियो ।

 तर नेविसंघका अर्को समूहले नारावाजी गर्दै उक्त भेला रोक्न खोजेको थियो । दुईपक्षबीच विवाद भएपछि प्रहरीले पार्टी कार्यालयमा दुवै समूहलाई प्रवेशमा रोक लगाएको थियो । सो क्रममा पार्टी कार्यालयको गेट बाहिर दुवै पक्षले एकअर्का विरुद्ध नारावाजी गरेका थिए ।

नियमित महाधिवेशन नहुँदा केही समयदेखि तदर्थ समितिकै भरमा नेविसंघ चल्दै आएको छ । शेर्पा अध्यक्ष रहेकै समितिमा सभापति देउवाले ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनाएपछि विधानविपरीत भन्दै अर्को पक्ष असन्तुष्ट छ ।

 

प्रतिकृया दिनुहोस्