×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम आउँदै

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम आउँदै

काठमाडाैँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा पेश गर्दैछ। आव २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे बस्दैछ। बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। बागमती प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश अर्थमन्त्री शालिकराम जमकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्