×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाको सचिवालय बैठक: समानुपातिक सांसदको टुंगो लगाइने, बालेनबारे विशेष निर्णयको सम्भावना

रास्वपाको सचिवालय बैठक: समानुपातिक सांसदको टुंगो लगाइने, बालेनबारे विशेष निर्णयको सम्भावना

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ। निर्वाचन आयोगले समानुपातिकतर्फको सिट निर्धारण गरी उम्मेदवार सिफारिसका लागि दिएको समयसीमाभित्र निर्णय लिन रास्वपाले बैठक बोलाएको हो।

बैठक शनिबार दिउँसो बस्ने तय भए पनि यसको निश्चित समय र स्थान भने अझै सार्वजनिक गरिएको छैन।

समानुपातिक सिटको टुंगो लगाइने
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको थियो। सो मतका आधारमा निर्वाचन आयोगले रास्वपालाई ५७ सिट उपलब्ध गराएको घोषणा गरिसकेको छ।

आयोगले फागुन २८ गते सिट संख्या घोषणा गर्दै दलहरूलाई उम्मेदवार सिफारिस गर्न तीन दिनको समय दिएको थियो। सोही समयसीमाभित्र क्लस्टर मिलाएर ५७ जना सांसदको नामावली बुझाउन आजको बैठकले अन्तिम निर्णय लिने बताइएको छ।

बालेन शाहलाई प्रधानमन्त्री बनाउने रणनीति
आजको बैठकमा समानुपातिक उम्मेदवारको नामावलीका अतिरिक्त महत्वपूर्ण राजनीतिक प्रस्तावमा समेत छलफल हुने बुझिएको छ। स्रोतका अनुसार, पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री बन्ने बाटो प्रशस्त गर्नका लागि पार्टीको विधान संशोधन गर्ने तयारी गरिएको छ।

यसका साथै बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे पनि विविध छलफल हुने एजेन्डा रहेको छ।

प्रतिकृया दिनुहोस्