काठमाडौँ- कलाकार दीपकराज गिरिले कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम चलेकोप्रति व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत निर्वाचनको मुखमा कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम शुरु भएकोप्रति व्यङ्ग्य गरेका हुन् ।
उनले आफूले पनि पार्टी जाने निर्णय गरेको बताए । ‘चुनाव आयो ! हाम्रा कलाकार साथीहरू बिस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ !,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ! तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’