×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

दमौली- तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरको समग्र विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बन्दीपुरलाई पर्यटनको केन्द्रविन्दु बनाउन सरकारको तर्फबाट सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवासमक्ष आग्रह गर्नुभयो । भेटमा सहभागी नेपाली काङ्ग्रेसका नेता स्थानीय रेशम गुरुङका अनुसार प्रधानमन्त्री देउवाले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रुपमा थप विकास गर्न सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।

भेटवार्तामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ, क्षेत्रीय होटल सङ्घ बन्दीपुरका पूर्वअध्यक्ष वैश गुरुङ लगायतको सहभागिता थियो । (रासस)

 

प्रतिकृया दिनुहोस्