×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहमतिपछि त्रिवि सेवा आयोगको ताला खोल्न आंशिक प्राध्यापकहरु सहमत

सहमतिपछि  त्रिवि सेवा आयोगको ताला खोल्न आंशिक प्राध्यापकहरु सहमत

काठमाडौं -  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा प्राध्यापनरत आंशिक प्राध्यापकहरु सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका छन् । 
बुधबार विश्वविद्यालयको वार्ता टोलीसँगको छलफलपछि उनीहरु त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न सहमत भएका हुन् ।

त्रिवि र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच भएको चार बुँदे सहमतिको चौथो बुँदामा सेवा आयोगमा गरिएको तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम फिर्ता लिने उल्लेख छ ।
आंशिक प्राध्यापकलाई विशेष व्यवस्था गरी करार र स्थायी गर्नुपर्ने माग राख्दै आंशिक प्राध्यापकहरुले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका थिए । तर उनीहरु पनि खुला प्रतिस्पर्धाबाट प्राध्यापक छनोटका लागि सहमत भएका छन् ।

त्रिवि सेवा आयोगले शिक्षकहरुको स्थायी र पदन्नोतिका लागि लिने आगामी परीक्षाको पाठ्यक्रम तथा मूल्यांकन परिमार्जन गर्न स्वतन्त्र विज्ञ समूह गठन गर्ने सहमति भएको छ । यस्तो विज्ञ समिति १५ दिनभित्र गठन गर्न त्रिवि सेवा अयोगलाई अनुरोध गर्ने त्रिवि र आंशिक प्राध्यापकबीच सहमति भएको छ ।

त्यस्तै त्रिवि सेवा आयोगले चैत महिनामा सञ्चालन गर्ने उपप्राध्यापक पदको परीक्षा पनि पछि सार्ने सहमति भएको छ । सहमति अनुसार ३० वैशाख २०७९ को स्थानीय चुनावअघि प्राविधिक विषयको परीक्षा र चुनावपछि अन्य विषयको परीक्षा सञ्चालन गरी त्रिवि सेवा आयोगले पुनः परीक्षा तालिका प्रकाशन गर्नुपर्ने भएको छ ।

त्यस्तै सेवा आयोगको परीक्षालाई मर्यादित र निर्वाध रुपमा सञ्चालन गर्न सबैले सहयोग गर्ने सहमति पनि भएको छ ।

प्रतिकृया दिनुहोस्