जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा जापानमा सगठित संघ सस्थाहरूसगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “संस्थागत एकता, समृद्धि र सम्भावना” भन्ने मूल बिषयमा केन्द्रित रहेर अगस्ट १६ तारिख शनिबार टोकियोको सिनओकुबोस्थित साेलमारी मुरा हलमा जापानमा सगठित संघ सस्थाहरूसगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको अध्यक्षतामा गरिएकाे कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो भने, एनआरएनए आइसिसीकाे एकता महाधिवेशनवाट निर्वाचित केन्द्रिय अध्यक्ष महेश कुमार श्रेष्ठ र आइसिसी उपाध्यक्ष रोबिन शेरचन विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा सम्बोधनका क्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूले एनआरएनए जापानले समुदायबीचको एकता, सहकार्य र संस्थागत समृद्धिलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै भविष्यका सम्भावनाबारे महत्वपूर्ण विचार व्यक्त गरे। त्यस्तै, जापानमा सक्रिय विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्ना धारणा राख्दै साझा उद्देश्य, भावी रणनीति र सहकार्यका आयामबारे विस्तृत छलफल गरेका थिए। सहभागीहरूले विशेषगरी संवाद, समन्वय र साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य, संस्थागत परिचय, शुभकामना मन्तव्य, अतिथिहरूको सम्बोधन तथा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्र समेत रहेको थियो। अध्यक्ष सुभाष लामिछानेले सबै अतिथि, सहभागी तथा सहयोगी संघ–संस्थाप्रति आभार प्रकट गर्दै संस्थागत एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
सक्रिय संघ–संस्थाको उत्साहजनक सहभागिता र गहन विचाररविमर्शबीच सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जापानस्थित नेपाली समुदायबीचको सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रम एनआरएनए जापानका महासचिव श्याम सितलले संचालन गरेका थिए।