×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी छिन् । 

काठमाडौं । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको जिरिक गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ ।

नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ । कोठा नम्बर ४०७ मा एसी नचलेका कारण निज किशोरीले नै कोठा चेन्ज गर्न आग्रह गरेको र निजले भने अनुसार आफूले होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको सन्दीपको भनाइ छ ।

कोठामा पुगिसकेपछि आफू कुराकानी गर्नका लागी कुर्चीमा बसेको र किशोरीले नै आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी उनले बताएका छन् । बयानमा सन्दीपले भनेका छन्, ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, इट्स ओके भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रूपमा लिएर कु

र्चीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसेँ ।’त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको सन्दीपले जनाएका छन् । कुराकानीकै क्रममा निजले आफ्नो बाबुआमाका कारण धेरै दुःख पाएको र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको बताएको सन्दीपको भनाइ छ । कुराकानी गर्दागर्दै बिहानको करिब ३ः४५/४ः०० बजेको सन्दीपले बयानमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्