×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नाउपामा विद्रोह:पत्नी रञ्जितालाई हटाएर रेशमले बनाए बुबा लालबिरलाई अध्यक्ष

नाउपामा विद्रोह:पत्नी रञ्जितालाई हटाएर रेशमले बनाए बुबा लालबिरलाई अध्यक्ष

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टीको असन्तुष्ट पक्षले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको छ। लालवीर पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन्।

बिहीबार सम्पन्न भेलापछि नवनिर्वाचित अध्यक्ष चौधरीले पार्टीलाई विधि र विधानअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले पार्टीभित्र निकास दिन आफू गम्भीर रहेको बताउँदै रञ्जिता श्रेष्ठलाई आफ्ना कुरा पार्टीको मञ्चमा राख्न सुझाव दिए।

"विगत डेढ वर्षदेखि पार्टीको बैठकसमेत नबस्दा गतिविधि ठप्प भए, त्यसैले राष्ट्रिय भेलामार्फत निकास खोज्नुपरेको हो," चौधरीले भने। उनले पार्टी कमिटीको सल्लाह र सुझावका आधारमा आफू अघि बढ्ने स्पष्ट पारे।

रञ्जिताको प्रतिक्रिया: भेला अवैध, निर्णय अमान्य

अर्कोतर्फ, अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत गरिएको भेलाको निर्णय अमान्य हुने बताएकी छन्। बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, "राष्ट्रिय भेला बोलाउने अधिकार पार्टी अध्यक्षलाई मात्र हुन्छ। मैले कुनै भेला बोलाएकी छैन, त्यसैले यो निर्णय म मान्दिनँ।"

उनले आफू अहिले पनि पार्टीको आधिकारिक अध्यक्ष रहेको दाबी गरिन्। श्रेष्ठले आफू निरन्तर काममा व्यस्त रहेको र पार्टी विवादबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिइन्।

प्रतिकृया दिनुहोस्