एसईईको नतिजा आजै आउन सक्ने, अन्तिम निर्णयका लागि बोर्ड बैठक बस्दै
असार १३, २०८२काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजालाई अन्तिम रूप दिएर प्रकाशनको निर्णय गर्न आज (बिहीबार) बैठक बोलाएको छ। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको तयारी अन्तिम चरणमा पुगेकाले प्रकाशनको निर्णय गर्न बोर्ड बैठक बस्न लागेको हो। ‘हामी नतिजाको अन्तिम चरणमा छौँ, प्रकाशनको निर्णयक
सबै पढ्नुहोस