×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सवारी चालकलाई ठूलो राहत: अब लाइसेन्सको अवधि १० वर्ष

सवारी चालकलाई ठूलो राहत: अब लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं - अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्षको हुने भएको छ, जसले लाखौं सवारी चालकलाई ठूलो राहत मिलेको छ। यसअघि हरेक ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ।

सरकारले 'केही नेपाल ऐन संशोधन विधेयक' मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो।

संशोधित ऐनको दफा ५४ मा अब चालक अनुमतिपत्र जारी भएको मितिदेखि १० वर्षसम्म बहाल रहने स्पष्ट व्यवस्था गरिएको छ।

त्यसैगरी, ऐनको दफा ५६ अनुसार, अबदेखि लाइसेन्स नवीकरण गर्दा अधिकारप्राप्त अधिकारीले अर्को १० वर्षका लागि म्याद थप गर्नेछन्। यो निर्णयले चालकहरूलाई बारम्बार यातायात कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्ति दिने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्