झापामा बस र भ्यान ठाेक्किँदा १ जनाकाे ज्यान गयाे
मङ्सिर २५, २०७८काठमाण्डाै - झापाको बाह्रदशी गाउँपालिका–३ मा रहेकाे त्रिवेणी चोकमा बस र भ्यान ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परि बाह्रदशी गाउँपालिका- १ भागुडुब्बाका भ्यान चालक ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको ज्यान गएकाे हाे । आज बिहान चार पाने राजगढ सडक खण्डमा प्रदेश १–०१–००१–ख ३५२४ नम्बरकाे बस र मे १ च २२२६ नम्बरको भ्यान ठाेक्किएका हुन् ।  
सबै पढ्नुहोस