राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक पारित
भदौ २८, २०७८काठमाडौं- प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७८ पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो । सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विधेकय बैठकमा पारितका लागि पेश गर्नुभएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले पारित भएको हो ।
सबै पढ्नुहोस