काठमाडौँ-सत्ता गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । नया“बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाइनेछ । नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ ।
यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दै हुनुहुन्छ । जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउने कार्यक्रम छ । पुर्व वन मन्त्री समेत रहनुभएका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।