जेनजी संसद् भवन छिरेपछि संसदीय समिति बैठकै छाडेर बाहिरिए गृहमन्त्री
भदौ २३, २०८२काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिर गएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए । सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् । संसद् भवनभित्र जेनजी छिरेपछि समितिको आजको बैठक स्थगित गरिएको छ ।
सबै पढ्नुहोस