गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन
पुस १३, २०७९काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । बुधबार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए । सेवाग्राहीले राहदानीका लागि लामो समयसम्म लाइन लाग्नुपर्ने समस्या भोगिरहेका छन् ।
सबै पढ्नुहोस