×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाले गर्‍यो उपसभामुखमा दाबी

रास्वपाले गर्‍यो उपसभामुखमा दाबी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।

उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । पार्टी सभापति लामिछानेले आफूले पार्टीलाई धेरैभन्दा धेरै लाभ हुने गरी काम गर्ने भनेकाले धेरै छलफल नभएको उनले सुनाए ।

उपसभामुख लिएको अवस्थामा काठमाडौँ–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपाका नेताहरू बताएका छन् ।

एमाले र माओवादी शीर्ष नेताहरुबीच सरकार गठनकै क्रममा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ । त्यसअनुसार राष्ट्रपति पदसँगै सभामुख एमालेले लिने छ भने उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी छ ।

प्रतिकृया दिनुहोस्