मोटरसाइकलको आवाज चर्को बनाउदै चलाएको निहुँमा एक युवकको हत्या
भदौ १०, २०८२काठमाडौँ — स्याङ्जामा मोटरसाइकलको आवाज चर्को बनाएर चलाएको निहुँमा एक युवाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ भदौ ७ गते राति करिब ११ बजे वालिङ नगरपालिका–५ जर्कोटका ३२ वर्षीय ढालबहादुर थापामाथि कुटपिट गरिएको थियो। उनी त्यस बेला मोटरसाइकल चलाएर गाउँमै ओहोरदोहोर गरिरहेका थिए। दिउँसो त्यही ठाउँमा भलिबल खेल भइरहेकाले युवाहरूको जमात ठूलो थियो।
सबै पढ्नुहोस