२० महिनादेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै
कार्तिक २१, २०७८काठमाडौँ- कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो
सबै पढ्नुहोस