कम समयमै सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान फुञ्जो लामाको नाममा
जेठ ११, २०८१काठमाडौं - आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टा भन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी गोरखाकी फुञ्जोले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन्। यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् ।
सबै पढ्नुहोस