×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द

नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द

काठमाडौं -  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । निगमको नियमित उडान गर्दै आएको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै गन्तव्यको उडान पूर्ण रूपमा बन्द भएको हो ।  निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर जहाज छन् । तीमध्ये एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड छ । शनिबारसम्म नियमित उडान गर्दै आएको अर्को जहाजको पनि उडान आवर सकिएपछि आइतबारदेखि आन्तरिक उडान ठप्प भएको हो।

अब कहिलेदेखि आन्तरिक उडान हुन्छ भन्ने अनिश्चित छ । अब नयाँ इन्जिन ल्याएर जडान गरेपछि मात्र पुनः नियमित उडान थालिने निगमले जनाएको छ । निगमले नयाँ इन्जिन ल्याउनका लागि ठेक्का लगाइसकेको छ । नेपाल एअरलायन्सले दुईवटा ट्विनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । निगमले अन्तर्राष्ट्रियतर्फ भने हाल ४ जहाजले उडान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्