प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
बैशाख २५, २०७८काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक वैठक बोलाएका छन् । विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको जनाइएको छ । बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ । सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन् ।
सबै पढ्नुहोस